काठमाडौं – सशस्त्र प्रहरीले निरीक्षक (इन्सपेक्टर) र सहायक निरीक्षक (असई) माग गरेको छ । सशस्त्र प्रहरी बलले आज शुक्रबार सार्वजनिक सूचना जारी गरी इन्सपेक्टर र असई मागेको हो ।

जारी सूचनाका अनुसार ७१ सशस्त्र प्रहरी निरीक्षक (साधारण उपसमूह), ८ सशस्त्र निरीक्षक (कानुनतर्फ) र ७३ सहायक निरीक्षक (साधारण उपसमूहतर्फ) माग गरिएको हो ।

कात्तिक ७ गतेभित्र आवेदन दिन सकिने सूचनामा उल्लेख गरिएको छ ।