सत्ता गठबन्धनको बैठक, फाइल तस्वीर ।


काठमाडौं – पाँच दलीय सत्ता गठबन्धनको बैठकले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको भण्डाफोर गर्ने निर्णय गरेको छ । आज बुधबार बसेको गठबन्धनको बैठकले राष्ट्रपतिको असंवैधानिक कदमको विरोध गर्दै भण्डाफोर गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहानदेखि बसेको सत्ता गठबन्धनको बैठक केही बेरअघिमात्रै सकिएको छ । बैठकले राष्ट्रपतिको कदम असंवैधानिक ठहर गर्दै पाँच दलका तर्फबाट संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय गरेको छ । बैठक फेरी बस्ने र त्यसपछि आजै संयुक्त विज्ञप्ति जारी गर्ने एक नेताले बताएका छन् ।