काठमाडौं – आज बुधबार देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहने छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका केही क्षेत्रमा सामान्यदेखि हल्का वर्षा हुनेछ ।

महाशाखाले जनाए अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही भूभागहरूमा भारी वर्षाको सम्भावना रहेको छ भने बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति प्रदेश एक, मधेश प्रदेश, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।