फाइल तस्वीर ।

काठमाडौं – सत्तागठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुलाटारमा चलिरहेको छ । आजको ठिक दुई महिनामा (मङ्सिर–४ गते) हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको लागि सिट बाँडफाँड मिलाउन गठबन्धनको बैठक बसिरहेको हो ।

आसन्न निर्वाचनका लागि निर्वाचन आयोगमा समानुपातिकको बन्दसूची बुझाएपछि सत्तारूढ गठबन्धन प्रत्यक्षतर्फको सिट बाँडफाँडलाई टुङ्ग्याउन नेताहरु बालुवाटारमा जुटेका छन् ।

आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची सोमबार निर्वाचनमा आयोगमा बुझाएका गठबन्धन दलहरू आज मङ्गलबार प्रत्यक्षतर्फको सिट बाँडफाँटमा जुटेका हुन् ।

आजको ठिक दुई महिनामा हुने निर्वाचनमा गठबन्धन दलका उम्मेदवारहरु जिताउन तालमेल गरेर जाने बताउँदै आएका दलहरूबीच सिट बाँडफाँडमा सहमति जुट्न नसक्दा अन्योलता बढिरहेको छ । सिट बाँडफाँटका लागि सत्ता गठबन्धनले नेपाली काङ्ग्रेसका कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।

उक्त कार्यदलले सिट बाँडफाँडको विषयलाई अन्तिम टुङ्गोमा पु¥याउन नसक्दा शीर्ष नेताहरुले टुङ्ग्याउने गरी उक्त कार्यदलले अधुरो प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदनका आधारमा नमिलेका कुरा मिलाएर सिट बाँडफाँडको टुङ्गो लगाउन बालवाटारमा छलफल चलिरहेको छ ।