फाइल तस्वीर

काठमाडौं – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ ४८ राजनीतिक दलहरुले आफ्नो पार्टीको उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा दर्ता गराएका छन् । असोज २ गते आइतबार चार राजनीतिक दलले मात्र आयोगमा बन्दसूची दर्ता गरेकोमा हिजो सोमबार ४४ दलले बन्दसूची बुझाएका हुन् ।

आयोगले दलहरूलाई असोज २ र ३ गते गरी दुईदिन बन्दसूची पेस गर्न समय दिएको थियो । निर्वाचन आयोगले बन्दसूचीको अद्यावधिक कायमै राखेको छ ।

निर्वाचन आयोगका अनुसार आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भागलिन ७६ वटा राजनीतिक दलहरु नाम दर्ता गराएका छन् । यीमध्ये ६८ दलले समानुपातिकमा भाग लिनेगरी निवेदन दर्ता गराएका थिए ।

प्रदेशसभातर्फ सात प्रदेशमा २ सय ३८ दलले बन्दसूची पेस गरेका छन् । निर्वाचन आयोगले आज मङ्गलबारदेखि बन्दसूचीको छानविन प्रक्रिया सुरु गर्ने छ ।