फाइल तस्वीर

काठमाडौं – आज देशभरको मौसममा बदली हुने भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पूर्वी, मध्य क्षेत्रलगायत विभिनन स्थानमा वर्षाको सम्भावना रहेको छ ।

आज मङ्गलबार प्रदेश एक, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । बाँकी प्रदेशहरुका थोरै स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने देखिएको छ । लुम्बिनीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना भरहेको महाशाखाले जनाएको छ ।

यसैगरी राति लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका एक–दुई स्थानमा वर्षाको सम्भावना राहेको छ । भोलि बुधबार लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।