फाइल तस्वीर

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ६ सय ८१ जना कैदी–बन्दीको कैद कट्टा गर्नुभएको छ । संविधानको धारा २७६ को फौजदारी कसुर ऐन, २०७४ तथा फौजदारी कसुर नियमावली, २०७६ अनुसार राष्ट्रपति भण्डारी कैद कट्टा गर्नुभएको हो ।

जसमध्ये २१ जनाले सजाय माफी पाएका छन् । यही व्यवस्थाअनुसार राष्ट्रपति भण्डारीले विगत वर्षहरूमा जस्तै देशका विभिन्न कारागारमा रहेका ६ सय ८१ को कैद कट्टा गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

संविधान दिवसकै अवसरमा २२ जनाको कैद, दण्ड, बिगो, सर्वस्वलगायतको जरिवाना मिनाहा भएको जनाइएको छ ।