काठमाडौं – सरकारले आज सोमबार अर्थात् असोज ३ गते संविधान दिवसको अवसरमा ९ सय ९८ जनालाई विभिन्न पदकद्वारा विभूषित गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ असोज ३ गते संविधान दिवसका दिन विभिन्न क्षेत्रका ९ सय ९८ जनालाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने हुनुभएको हो ।

गत भदौ ३१ गतेको मन्त्रिपरिषद्को सिफारिसको आधारमा राष्ट्रपति भण्डारले नेपाल रत्नसहित विभिन्न ९ सय ९८ वटा विभूषण पदक प्रदान गर्नुभएको छ । राष्ट्रपति भण्डारीले संविधान दिवसमा संविधानको धारा २७७ को उपधारा १ बमोजिम पदक प्रदान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

नेपाल रत्न मानपदवी पूर्व प्रधानमन्त्री स्वर्गीय सुशिल कोइराला, राष्ट्रिय गौरवबाट तीनजना स्वर्गीय जीवराज न्यौपाने आश्रित, मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी संस्कृतिविद् सत्यमोहन जोशी विभूषित हुने हुनुभएको छ । त्यस्तै, सुप्रसिद्ध प्रबल जनसेवाश्रीबाट संस्कृतविद डा. जगमान गुरुङ विभुषित हुने हुनुभएको बताइएको छ ।