काठमाडौं – नेपाल टेलिकमले असोज ३ गते मनाइने संविधान दिवसको अवसरमा संविधान दिवस अफर उपलब्ध गराएको छ । ग्राहकहरूका लागि टेलिकमले सहुलियत दरका डाटा र भ्वाइससहितको प्याक उपलब्ध गराएको हो ।

यो अफर असोज २ गतेदेखि असोज ४ गतेसम्म उपलब्ध हुने टेलिकमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अफर अन्तर्गत ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक जम्मा रु ९८ मा खरिद गर्न सकिनेछ । त्यसैगरी २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबिपिएस अनलिमिटेड डाटा र अन नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक जम्मा रु ४९ मा उपलब्ध हुने टेलिकमले जनाएको छ ।

यसका साथै यस अफर अन्तर्गत नै १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा प्याक जम्मा रु २९४ मा खरिद गर्न सकिने छ ।