काठमाडौं – नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ । प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको सूचीबारे निर्णय लिन माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको हो ।

पार्टी केन्द्रिय कार्यालय पेसिसडाँडामा जारी बैठकमा समानुपातिकतर्फका उम्मेदवारको नाम टुङ्गो लगाउने बारे छलफल भइरहेको बताइएको छ । निर्वाचन आयोगमा आज र भोलि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको बन्दसूची पेश गर्नुपर्नेछ ।

माओवादी केन्द्रले भोलि समानुपातिकतर्फका उम्मेदवारहरूको सूची बुझाउने बताएको छ ।