काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावमा हस्तक्षेप नगर्न सरकारलाई सचेत गराउनुभएको छ । आज शनिबार संसदको चालु अधिवेशन अन्त्यको दिन आफ्नो भनाइ राख्दै ओलीले चुनाव गराउने काम निर्वाचन आयोगको भएको बताउनुभएको हो ।

ओलीले भन्नुभयो, ‘निर्वाचनको मिति घोषणा भएपछि चुनाव निर्वाचन आयोगले गर्ने हो । सरकारले होइन । सरकारले निर्वाचन आयोगलाई सघाउने हो । हस्तक्षेप गर्ने भूमिका मनासिब हुँदैन, पाउँदैन त्यतापट्टी म सजग गराउँन चाहान्छु ।’ उहाँले राष्ट्रिय आवश्यकताविपरित किर्तिम संसदीय अङ्क गणित खडा गरिएको पनि बताउनुभयो । ’