फाइल तस्वीर

काठमाडौं – बेलायती महारानी एलिजाबेथ द्वितीयाको अन्त्येष्टिमा सहभागी हुन परराष्ट्रमन्त्री डा.नारायण खड्का आज बेलायत प्रस्थान गर्ने हुनुभएको छ । बेलायती महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि समारोहमा सहभागी हुन उहाँ बेलायत जान लाग्नुभएको हो ।

बेलायतको राजधानी लण्डन पुगेर उहाँले महारानीलाई श्रद्धाञ्जलि दिने र ल्यान्कास्टर हाउसमा शोक पुस्तिकामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भदौ २३ गते निधन भएकी महारानी एलिजाबेथको अन्तयेष्टि असोज ३ गते हुँदैछ ।

नेपालको पहिलो दैत्य सम्बन्ध कायम भएको मुलुक बेलायतकी महारानीको निधन भएपछि नेपाल सरकारले शोक व्यक्त गर्दै तीन दिन राष्ट्रिय झण्डा आधा झुकाएको थियो । महारानीको निधन भएसँगै उनका जेठा छोरा, प्रिन्स चार्ल्स, नयाँ राजा बनेका छन् । बकिंघम दरबारमा राजाको स्वागत समारोह तथा विदेश मामिला मन्त्रीले आयोजना गर्ने स्वागत समारोहमा पनि मन्त्री खड्का सहभागी हुने कार्यक्रम रहेको छ ।

परराष्ट्रमन्त्री डा. खड्का आगामी असोज ५ गते स्वदेश फर्किनु हुने कार्यक्रम रहेको छ ।