काठमाडौं – प्रतिनिधिसभाको अन्तिम बैठक बस्दै छ । बैठक सङ्घीय संसद भवन नयाँबानेश्वरमा आज दिउँसो एक बजे बस्ने भएको हो । बैठकमा सभामा प्रस्तुत हुन नसकेका मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने तयारी छ ।
नेपालको संविधान २०७२ जारी भएपछि २०७४ मा निर्वाचित प्रतिनिधि सभाका सांसदहरुको कार्यकाल आज राति १२ बजे सकिँदै छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभाको कार्यकालको जारी अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरिसकेको छ ।
सोही अनुसार आजको अन्तिम बैठकमा राष्ट्रपति भण्डारीबाट प्राप्त पत्र सभामुख अग्निप्रसाद सापकोटाले पढेर सुनाउने कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ ।
हेर्नुहोस् कार्यसूची :
![](https://i0.wp.com/www.khabarhub.com/wp-content/uploads/2022/09/download-1.png?resize=720%2C1019&ssl=1)