काठमाडौं – प्रतिनिधिसभाको आजको बैठक सकिएको छ । सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक भोलि दिउँसो १ बजे पुनः बस्नेगरी आजको बैठक सकिएको घोषणा गर्नुभएको हो ।

आज बिहान ११ बजेबाट सुरू भएको प्रतिनिधिसभाको बैठकले पशुस्वास्थ्य तथा पशुसेवा विधेयक, २०७९, बीमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ पारित गरेको छ ।

भोलि बस्ने बैठक प्रतिनिधिसभाको अन्तिम बैठक हुनेछ । भोलि मध्यरात १२ बजेबाट चालू प्रतिनिधिसभाको आयु सकिदैंछ ।