काठमाडौं – पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) को खुलेर प्रशंसा गर्नुभएको छ । आज शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत् ट्वीट गर्दै डा.बाबुरामले काठमाडौं महानगरपालिकालाई व्यवस्थित गर्ने, मृतप्रायः बनेका नदीलाई पुनर्जीवन दिने आदि मेयर बालेन साहको पहल प्रशंसनीय रहेको बताउनुभएको हो ।


उहाँले फुटपाथबारे भने बालेनलाई सुझाव दिनुभएको छ । डा.भट्टराईले संसारभर स्वरोजगार श्रमिकहरू सार्वजनिक स्थानमा व्यवसाय गर्न बाध्य हुने उल्लेख गर्दै यसलाई व्यवस्थित गर्नैपर्ने बताउनुभएको छ ।

काठमाडौं महानगरपालिकालाई व्यवस्थित गर्ने, मृतप्रायः बनेका नदीलाई पुनर्जीवन दिने आदि मेयर २क्जबजद्यबभिलका पहल प्रशंसनीय छन् !’ डा. भट्टराईले सञ्जालमार्फत् ट्वीट गर्दै लेख्नुभएको छ, ’फुटपाथ पनि व्यवस्थित गर्नुपर्छ । तर संसारभर स्वरोजगार श्रमिकहरू फुटपाथ वा सार्वजनिक ठाउँमा व्यवसाय गर्न बाध्य हुन्छन् ! अतःनिश्चित ठाउँ ÷समय तोकेर तिनको व्यवस्थापन गर्नैपर्छ !’