काठमाडौं – महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग आज पनि बयान लिँदैछ । जबरासँग पूरक प्रश्न गर्न आज बिहान ११ बजे बैठक बोलाएको हो ।

समितिले यसअघि ४३ वटा प्रश्न सोधिसकेको समितिले आज थप स्पष्ट पार्न बैठक बोलाएको छ । बयानका क्रममा जबराले नाम लिएका सात जना वकिलसँग समितिले हिजो बिहीबार सोधपुछ गरेको थियो । बिहीबार कानुन व्यवसायीले दिएको बयानबारे आजको बैठकमा जबरासँग सोधपुछ गर्न लागिएको हो ।

सर्वोच्चका ६ जना बहालवाला न्यायाधीश र ४ पूर्वप्रधानन्यायाधीशलाई समितिले छलफलका लागि बोलाए पनि उनीहरू उपस्थित भएनन् ।