फाइल तस्वीर
काठमाडौं – राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे सङ्घीय संसद भवन नयाँबानेश्वरमा बस्ने भएको हो ।
राष्ट्रियसभाको बैठकमा निर्वाचन आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय सुरक्षा परिषद् र सर्वोच्च अदालत/२०७७ न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आव २०७७-०७८’ बैठकमा पेस गर्ने सम्भावित कार्यसूची छ ।
![](https://i0.wp.com/www.khabarhub.com/wp-content/uploads/2022/09/download.png?resize=700%2C989&ssl=1)