फाइल तस्वीर
काठमाडौं – प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बिहान ११ बजे सुरु हुने प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय सभाबाट प्राप्त पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९, बिमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
त्यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले ‘न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आव २०७७–०७८’ बैठकमा पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
बैठकको सुरुमा सभामुख अग्नि प्रसाद सापकोटाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनुहुने कार्यसूची रहेको छ ।
![](https://i0.wp.com/www.khabarhub.com/wp-content/uploads/2022/09/307177037_3309198212735784_4005615700787696634_n.jpg?resize=720%2C871&ssl=1)