काठमाडौं – राष्ट्रिय सभाबाट बीमा विधेयक २०७५ पारित भएको छ । आज बसेको बैठकमा अर्थमन्त्रीको समेत कार्यभार सम्हाल्नुभएकी ऊर्जामन्त्री पम्फा भुसालले बीमा विधेयक २०७५ पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभएको हो ।

त्यस्तै बैठकले ऊर्जामन्त्री भुसालले नै प्रस्तुत गरेको सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६ लाई पारित गरेको छ । त्यसअघि बिहीबार नै बसेको राष्ट्रिय सभाको पहिलो बैठकले पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयकलाई पारित गरेको छ ।

राष्ट्रिय सभाको अर्को बैठक शुक्रबार बोलाइएको छ ।