काठमाडौं – प्रतिनिधिसभाको आज बोलाइएको बैठक स्थगित भएको छ । आज बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक भोलि बिहान ११ बजे बस्ने गरी स्थगित भएको हो ।
विशेष कारणवश आजका बोलाइएको प्रतिनिधिसभा बैठक बस्न नसक्ने भएकाले शुक्रबार बिहान ११ बजेका लागि तय गरिएको प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जानकारी दिनुभयो ।
![](https://shilapatra.com/uploads/editor/2022-09-15/060837665ss.jpg)