काठमाडौं – सत्ता गठबन्धनले समानुपातिक प्रतिनिधित्वको बन्द सूची पेश गरिसकेपछि प्रत्यक्षतर्फको सिट बाँडफाँड टुङ्गो लगाउने भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लका अनुसार असोज ४ गते गठबन्धनको बैठक बसेर सिट बाँडफाड टुङ्गो लगाउने समझदारी बनेको हो ।
सहमति जुट्न नसकेपछि जसपा अध्यक्ष उपेन्द्र यादवले यसअघि नै गठबन्धन छोड्ने चेतावनी दिए पनि ‘प्रचण्ड’का स्वकीय सचिव मल्लले भने निर्वाचन क्षेत्र बाँडफाँडका बारेमा गठबन्धन दलबीच सकारात्मक दिशामा छलफल भइरहेको बताउनुभयो ।

माओवादी पार्टी पदाधिकारीको बुधबारको बैठकले अनुशासन आयोगका अध्यक्ष टङ्क राईको नेतृत्वमा स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातबारे छानबिन गर्न बनेको समितिको प्रतिवेदनबारे प्रारम्भिक छलफल भएको जनाइएको छ ।