साङ्केतिक तस्वीर

गोरखा – गोरखाको गोरखा नगरपालिका–१३ भडारी भिरमा जिप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक गोरखा नगरपालिका–६ बतासेका अन्दाजी १८ वर्षीय आशिष बसेल रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका बसेलको उपचारको क्रममा मेडिकल कलेज भरतपुरमा बेलुकी पौने ९ बजे मृत्यु भएको हो ।

गोरखा–आबुँखैरेनी सडकखण्डमा गोर्खाबाट आँबुखैरेनी तर्फ जाँदै गरेको ग २ च २२९१ नम्बरको जिप र विपरीत दिशाबाट आउँदै गरेको बा ५६ प २४०८ नम्बरको मोटरसाइकल हिजो बेलुकी सवा ८ बजे ठोक्किएका थिए ।

दुवै सवारी साधन र जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।