काठमाडौं – नेपाल भ्रमणमा रहनुभएका चीनको राष्ट्रिय जन कङ्ग्रेसका स्थायी समिति अध्यक्ष ली झान्सु आज स्वदेश फर्कने कार्यक्रम छ । सोमबार नेपाल आएलगत्तैदेखि उच्चस्तरीय राजनीतिक भेटवार्तामा सक्रिय ली आज बिहान विशेष विमानमार्फत स्वदेश फर्किन लाग्नुभएको हो ।

काठमाडौं प्रस्थान गरेलगत्तै सभामुख अग्निप्रसाद सापकोटासँग द्विपक्षीय वार्ता गर्नुभएको थियो । मङ्गलबार प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो ।

चार दिने नेपाल भ्रमणका रहनुभएका लीले बुधबार विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुभएको थियो । आगामी मंसिर ४ मा चुनाव आउनुअघि दुई कम्युनिस्ट पार्टीसँग भएको शिष्टाचार भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।