काठमाडौं – काठमाडौं महानगरपालिकाविरुद्ध जिफन्ट निकट नेपाल स्वरोजगार श्रमिक व्यापार सङ्घले आन्दोलन गर्ने भएको छ । महानगरपालिकाले फुटपाथ व्यवसायी र साना व्यवसायीलाई विकल्प नदिई हटाएको भन्दै सङ्घले आज बिहीबार काठमाडौंमा प्रदर्शन गर्ने भएको हो ।

सङ्घका अनुसार प्रदर्शनका लागि साना व्यवसायीहरु आज बिहान ११ बजे सुन्धारामा जम्मा हुने र भद्रकाली हुँदै उनीहरु महानगर कार्यालय परिसरमा पुग्ने भएका छन् ।

जिविकोपार्जनका लागि फुटपाथ र ठेला व्यवसाय गरिरहेकाहरुलाई महानगरले व्यवस्थापन भन्दा पनि विस्थापन मात्रै गर्न खोजेको भन्दै आन्दोलन गर्न लागेको सङ्घले जनाएको छ । महानगरले फुटपाथ र साना व्यवसायीहरुलाई विना सूचना निर्मम ढङ्गले लखेट्न खोजेको भन्दै सङ्घले आन्दोलन गर्ने भएको हो ।