काठमाडौं – प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक काठमाडौंको नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा दिउँसो १ बजे बस्ने भएको हो ।


आजको बैठकमा न्याय परिषद् र न्याय सेवा आयोगको २०७७÷०७८ वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभाको बैठकपछि आजै राष्ट्रिय सभाको बैठक पनि बस्ने भएको छ । अपराह्न ३ बजे बस्ने बैठकमा विभिन्न विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।