काठमाडौं – सांसद महेश बस्नेतले केही जनप्रतिनिधिहरुले साइबर क्राइमलाई आकर्षित हुने गरेर सामाजिक सञ्जाललाई दुरुपयोग गरेको आरोप लगाउनुभएको छ । प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले अहिलेको राजनीतिक व्यवस्थालाई बिथोल्ने,नेता र कार्यकर्ताको बदनाम गराउने अन्तर्राष्ट्रिय तत्वहरु रहेको जिकिर गर्नुभएको हो ।

उहाँले सूचना प्रविधि ऐनलाई व्यवस्थित गर्दै त्यस्तो कार्य गर्नेलाई कानुनी कारवाही गर्न आग्रह गर्नुभयो । सांसद बस्नेतले काठमाडौं महानगरले मापदण्ड मिचेको भन्दै भत्काएका संरचनाहरूको उचित समय र क्षतिपूर्ति दिनु पर्ने माग राख्नुभयो ।

उहाँले डेंगु रोग नियन्त्रण गर्न सरकारले उचित ध्यान दिनुपर्ने बताउँदै नागरिकता विधेयक अब वर्तमान संसदको अवधि सकिएकाले अर्को संसदमा छलफल गर्नुपर्ने बताउनुभयो ।