काठमाडौं – नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बिदाई भेटवार्ता गर्नुभएको छ ।

खुमलटारस्थित अध्यक्ष दाहाल निवासमा आज बिहान भएको भेटवार्तामा अमेरिका र नेपालबीचको दुई पक्षीय सम्बन्धका बारेमा छलफल भएको बताइएको छ । सो क्रममा अध्यक्ष प्रचण्डले राजदूत बेरीलाई सफल कार्यकालका लागि बधाई ज्ञापन गर्नुभयो ।