फाइल तस्वीर

काठमाडौं – नेपाल भ्रमणमा रहनुभएका चीनको राष्ट्रिय जनकङ्ग्रेस स्थायी समितिका अध्यक्ष ली झान्सु आज पनि उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त हुने हुनुभएको छ । चार दिने नेपाल भ्रमणका लागि सोमबार नेपाल आउनुभएका लीले आज विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यतालिका छ ।

यसअघि हिजो उहाँले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएको थियो । हिजै उहाँले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो ।

लीले सोमबार नै सभामुख अग्निप्रसाद सापकोटासँग द्विपक्षीय गर्नुभएको थियो । अध्यक्ष ली भ्रमण सम्पन्न गरी भोलि बिहीबार बिहान विशेष विमानबाट स्वदेश फर्कने कार्यक्रम रहेको छ ।