फाइल तस्वीर

काठमाडौं – जापानका लागि उडेको नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट धुवाँ निस्कएपछि काठमाडौं फर्किएको छ । गएराति काठमाडौँबाट जापानको नारिता उडेको जहाजमा धुँवा देखिएपछि आधा घण्टामै काठमाडौँ फर्किएर सुरक्षित अवतरण गरेको हो ।

विमानस्थल कार्यालयका अनुसार गएराति ११ बजे उडेको आरए ४३३ उडान नम्बरको जहाज आधा घण्टामै काठमाडौं फर्किएको हो । प्राविधिक जाँचपछि आज बिहान ९ बजे पुनः उडानको तयारी भइरहेकोे विमानस्थल कार्यालयले जनाएको छ । जहाजमा १ सय ८४ यात्रु थिए ।