काठमाडौं – प्रतिनिधिसभाको बैठक आज बुधबार बस्दै छ । बैठक नयाँबानेश्वरस्थित सङ्घीय संसद भवनमा आज बिहान ११ बजे बस्ने भएको हो ।

बैठकको सम्भावित कार्यसूची दुई बुँदामा रहेको छ । पहिलो बुँदामा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।

यसैगरी दोस्रो बुँदामा गृहमन्त्री बालकृष्ण खाँणले कारागार विधेयक, २०७८ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ ।

306373799_854157922247672_7195505250855327501_n.webp