पोखरा– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले आगामी निर्वाचनमा थ्रेसहोल्ड नकटाउने दाबी गर्नुभएको छ । आज मङ्गलबार पोखरामा नेपाल लोकतान्त्रिक तमु सङ्घको दोस्रो सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले एकीकृत समाजवादीले आउने चुनावमा थ्रेसहोल्ड नकटाउने दावी गर्नुभएको हो ।

ओलीले सो भविष्यवाणीलाई लेखेर राख्न आग्रह समेत गर्नुभएको छ । थ्रेसहोल्डका लागि आवश्यक पर्ने तीन प्रतिशत मत नल्याउने र एक सिट पनि नजित्ने भन्दै ओलीले एकीकृत समाजवादी विचारविहीन पार्टी रहेको आरोप लगाउनुभयो ।