धनगढी – कैलालीको धनगढी उपमहानगरपालिका–१८ बस्ने एक जनाको घरबाट स्रोत नखुलेको १८ लाख भारतीय रुपैयाँ फेला परेको छ । धनगढी उपमहानगरपालिका फूलबारी १८ का ३२ वर्षीया हिरा विकको घरमा भारतीय ८ लाख रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उक्त रकम भारतबाट चोरी गरी ल्याइएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनले घरको गहुँ राख्ने भकारीभित्र सो रकम लुकाएर राखिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । केही दिनअघि भारतको मुम्बईबाट नेपाल फर्किएका बिकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।