काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालको औपचारिक भ्रमणमा रहनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्झुबीच शिष्टाचार भेटवार्ता भएको छ । उहाँहरुबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शिष्टाचार भेटवार्ता भएको हो ।

हिजो सोमबार नेपाल भ्रमणमा आउनुभएका अध्यक्ष लीले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्रमन्त्री डा.नारायण खड्का लगायतका नेताहरुसँग पनि शिष्टाचार भेटवार्ता गरिसक्नुभएको छ ।