फाइल तस्वीर ।

काठमाडौं – महाअभियोग सिफारिस समितिले पूर्व न्यायाधीश र नेपाल बार एशोसिएसनका पूर्व पदाधिकारीहरुलाई बयानका लागि बोलाउनु निर्णय गरेको छ । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिमा महाअभियोगको लागेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बयानका क्रममा नाम लिएका पूर्व न्यायाधीश र नेपाल बार एशोसिएसनका पूर्व पदाधिकारीहरुलाई सोधपुछका लागि बोलाउन लागेको हो ।

समितिको आज मङ्गलबार सिंहदरबारमा बसेको बैठकले भोलि बुधबार भ्याएसम्मका आरोपितलाई बोलाउने निर्णय गरेको हो । समितिका सदस्य एवम् नेपाली काङग्रेसका सांसद मीन विश्वकर्माले कस–कसलाई बेलाउने भन्ने विषयमा नाम तोकि नसकेको बताउनु भएको छ ।

आफूमाथि लागेको अभियोगबारे बयान दिने क्रममा निलम्बित प्रधानन्यायाधीश जबराले सर्वोच्चका बहालवाला र पूर्व न्यायाधीश, बार एशोसिएसनका पूर्व पदाधिकारी, वरिष्ठ अधिवक्ताहरुलाई समेत व्यक्तिगत रुपमा आरोप लगाउनु भएको थियो ।