तस्वीरः डा. भट्टराईको सामाजिक सञ्जालबाट ।

काठमाडौं – नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष डा.बाबुराम भट्टराईले डा. गोविन्द के.सी. ले पुनः अनसरन बस्नु सबैको लागि लज्जाको विषय भएको बताउनु भएको छ । सार्वजनिक स्वास्थ्य शिक्षा क्षेत्र सुधारको माग राख्दैप डा. के.सी.ले २० औं पटक अनसन थाल्नु सबैको लागि लज्जाको विषय भएको बताउनु भएको हो ।

डा.के.सी. ले २० औं अनसन हिजो सोमबारदेखि धनगढी पुगेर अनसन सुरु गर्नुभएको छ । डा.के.सी. को अनसनप्रति आज मङ्गलबार सामाजिक सञ्जाल ट््वीटरमा ट्वीट गर्दै डा.भट्टराईले ‘सार्वजनिक स्वास्थ्य र शिक्षा क्षेत्रको सुधारको विषयलाई लिएर डा. केसीले २० औं पटक अनसनमा बस्नपर्नु राज्य र हामी सबैलाई लज्जाको विषय हो,’ भनि उल्लेख गर्नुभएको छ ।

आफ्ना माग र आफूसँग गरिएका सहमति कार्यान्वयनको माग राख्दै डा. के.सी.ले हिजो सोमबार धनगढीमा गई २० औं संस्करणको अनसन सुरु गर्नुभएको हो ।

पूर्वप्रधानमन्त्री डा. भट्टराईले ‘त्यहाँ विकृति विसङ्गती छ भन्ने हामी सबैले स्वीकार्ने तर नसुधार्ने किन ? कैलालीको गेटा मेडिकल कलेजमा सबै पूर्वाधार बनिसक्दा सञ्चालन नगर्ने किन ? बेलैमा सोचौं,’ ट्वीटरमा लेख्नु भएको छ ।