काठमाडौं – चिनियाँ कम्युनिस्ट पार्टी स्थायी समिति जनकङ्ग्रेस अध्यक्ष ली चान्सुको सवारीको कारण आज राजधानी काठमाडौंका विभिन्न सडक प्रभावित हुने भएका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार तीनकुने, नयाँ बानेश्वर, बबरमहल, सिंहदरबार, माइतीघर, थापाथली, त्रिपुरेश्वर, भोटेबहाल, टेकु कालीमाटी हुँदै सोल्टी होटेलसम्मको सवारी आवागमन प्रभावित हुनेछ ।

आज दिउँसो साढे ३ बजे रविभवन सोल्टी होटेल, कालीमाटी, टेकु, भोटेबहाल, कुपण्डोल, त्रिपुरेश्वर, थापाथली, माइतीघर, बबरमहल, सिंहदरबार, भद्रकाली, पद्मोदयमोड आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुने कार्यालयले जनाएको छ ।

त्यस्तै दिउँसो साढे ४ बजेको आसपासमा पद्मोदयमोड, भद्रकाली, सिंहदरबार, माइतीघर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, कुपण्डोल, भोटेबहाल, टेकु, कालीमाटी, रविभवन सोल्टी होटेल आसपासका क्षेत्रमा पनि सवारी आवागमन प्रभावित हुनेछ । उक्त समयमा वैकल्पिक मार्ग प्रयोग गरी आफ्नो यात्रा सहज बनाउन चालकलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ ।