काठमाडौं – नेपाल भ्रमणमा रहेका चिनियाँ सभामुख ली चाङ्सु र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । उहाँहरुबीच आज बिहान नयाँ बानेश्वरस्थित संसद भवनमा भेटवार्ता भएको हो ।

भेटमा नेकपा एमालेका तर्फबाट सुवास चन्द्र नेम्बाङ, अष्टलक्ष्मी शाक्य, राजन भट्टराई, विष्णु रिमाललगायत नेताको सहभागी छ । सोमबारदेखि ३ दिने नेपाल भ्रमणमा रहनुभएका लीले आजै बिहान राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँग भेटवार्ता गर्नुभएको थियो ।

अध्यक्ष लीले आज दिनभर उच्चस्तरिय भेटवार्ता गर्दै हुनुहुन्छ । ओलीसँगको भेटवार्तापछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । लीले आजै प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्र मन्त्री डा.नारायण खड्कासँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।