प्रतिकात्मक तस्वीर

काठमाडौं – सर्लाहीको हरिवन नगरपालिका–१०, नयाँरोड चोकमा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । अन्दाजी ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

उनको घटनास्थलमै मृत्यु भएको र सनाखत हुन बाँकी रहेको सर्लाही प्रहरीले जनाएको छ ।

आज बिहान करिब ४ बजे ना८ख ८२६७ नम्बरको ट्रकले पैदल हिँडिरहेका पुरुषलाई ट्रकले ठक्कर दिएको थियो । उक्त ट्रकसहित चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।