तस्वीर सौजन्य : संसद सचिवालय

काठमाडौं । नेपालको सङ्घीय संसद्को प्रतिनिधिसभा र मित्रराष्ट्र चीनको राष्ट्रिय जनकङ्ग्रेसबीच आज सोमबार अन्तर संसदीय सहयोग सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा नेपाल आउनु भएका राष्ट्रिय जनकङ्ग्रेसका प्रमुख ली चान्सु र सभामुख सापकोटाबीच ६ बुँदे समझदारीमा हस्ताक्षर भएको हो ।

नेपाल र चीनबीच अन्तर संसदीय सहयोगसम्बन्धी समझदारी भएको छ । आजै नेपाल आइपुग्नु भएको प्रमुख लीले संसद् भवन पुगेर सभामुख सापकोटासँग भेटवार्ता गर्नुभएको थियो ।

समझदारी पत्रमा भनिएको छ,‘दुवै पक्ष आपसी विश्वास सुदृढ र विकास गर्न, एक अर्काको स्वतन्त्रता सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्न, एकअर्काको मूल हित र महत्वपूर्ण सरोकारका साथ दिन सहमत भएका छन् ।’

सोहीअनुसार दुई राष्ट्र र जनताबीचको द्विपक्षीय सम्बन्ध थप गहन बनाउन र सहयोगमा योगदान पु¥याउन बहुआयामिक माध्यमबाट सबै तहमा अन्तरसंसदीय आदान प्रदान र सहयोग सुदृढ गर्न प्रयास गर्नेछन् ।

नेपाल रचीनबीच भएको समझदारी–पत्र (पूर्णपाठ)