काठमाडौं – सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट नियुक्त भएका दुई देशका राजदूतले आज सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण लिनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहकाबीच म्यानमारका लागि नेपाली राजदूत हरिचन्द्र घिमिरे र मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

राष्ट्रपति भण्डारीले पद तथा गोपनीयताको शपथ दिलाएको कार्यक्रममा परराष्ट्रमन्त्री डा.नारायण खड्कालगायतका उच्चपदस्थ अधिकारीहरुको उपस्थिति रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।