काठमाडौं – न्याय खोज्दै काठमाडौं आएका मिटर ब्याज पीडितहरुको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । आज सोमबार माइतीघर आउन लागेका उनीहरुलाई प्रहरीले लाठी चार्ज गरेको हो । मिटर ब्याजका कारण समस्यामा परेको भन्दै न्याय माग्न काठमाडौं आएर प्रदर्शन गरिरहेको पीडितहरु कीर्तिपुरमा बसेका थिए । उनीहरुले कीर्तिपुरमा नै गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो । प्रदर्शनका क्रममा झडपसमेत भएको छ ।

बसेको स्थान चन्द्रागिरी– १५ तीनथानाबाट निस्किन नदिएपछि प्रदर्शनमा उत्रिएका उनीहरुमाथि प्रहरीले लाठी चार्ज गरेको हो । प्रहरीको लाठीचार्जबाट एक दर्जन प्रदर्शनकारी घाइते भएका छन् । उनीहरुको शरिरका विभिन्न भागमा चोट लागेको छ । प्रहरीले माइतीघर आउन नदिएपछि पीडितहरु सरकार र प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरिरहेका छन् ।