सर्लाही – सर्लाहीमा ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिवन नगरपालिका–९ बस्ने ५० वर्षीय रामचन्द्र रायमाझी रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

उनलाई पूर्व पश्चिम राजमार्ग अन्र्तगत हरिवन नगरपालिका १० नयाँरोड चोकमा सोमबार बिहान ४ बजे हेटौंडातर्फ जाँदै गरेको ना ८ ख ८२६७ नं. को ट्रकले ठक्कर दिएको थियो ।

प्रहरीले ट्रकका चालक सिराहा मिर्चैया नगरपालिका–९ बस्ने ३७ वर्षीय ललित चौधरीलाई पक्राउ गरेको छ ।