काठमाडौं – सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठक आज पनि बस्दैछ । आइतबारको बैठक निष्कर्षविहीन बनेपछि सिट बाँडफाँडमा औपचारिक सहमतिको कार्यविधि तयार गर्न शीर्ष नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा विहान ८ बजे बस्न लागेको हो ।

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालका अनुसार सिट बाँडफाँडका लागि गठित कार्यदलले प्रस्तुत गरेको प्रतिवेदनमाथि आज थप छलफल हुने र सहमति जुटाउने प्रयास गरिनेछ ।

कार्यदलले धेरै कुरा मिलिसकेको र मिल्न बाँकी कुरामा आज छलफलबाट टुङ्गोमा पुग्ने गठबन्धनका शीर्ष नेताको तयारी छ ।