फाइल तस्वीर


काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटरमा बसेको पाँचदलीय गठबन्धनका शीर्ष नेताहरुले आज आइतबार पनि सिट बाँडफाँड टुङ्ग्याउन असफल भएका छन् । सिट बाँडफाँडको विषयलाई आज टुङ्ग्याउने भन्दै बालुवाटारमा बिहानदेखि बैठक बसेको थियो ।

सिट बाँडफाँडकै विषयलाई लिएर भोलि सोमबार बिहान ८ बजे पनि गठबन्धन दलका शीर्ष नेताहरुको बैठक बस्नेगरी आजको बैठक स्थगित भएको छ ।

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बताउनु भएअनुसार आइतबारको बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनको रिपोर्टिङ मात्र भएको छ । बैठकमा तालमेलका विषयमा कुराकानी भए पनि सिट बाँडफाँट भने टुङ्गो नलागेको बताउनु भयो । सोमबारको बैठकले सिट बाँडफाँटको टुङ्गो लगाउने उहाँले दावी गर्नुभयो ।