काठमाडौं – आजदेखि सर्वसाधारणले नयाँ नोट सटही सुविधा पाउने भएका छन् । दशैँ तिरहाको लागि नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट वितरण सुरु गरेको हो ।

बिहीबारदेखि नै बैंक तथा वित्तीय संस्थालाई नयाँ नोट दिएको राष्ट्र बैंकले आजदेखि सर्वसाधारणलाई पनि नयाँ नोट वितरण गरेको छ । आज राष्ट्र बैंक कार्यालय बालुवाटारबाट नयाँ नोट वितरण सुरु गरेको हो ।

अन्य स्थानबाट समेत नयाँ नोट वितरण गर्ने तयारी राष्ट्र बैंकले गरेको छ। राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५ सय अधिकतम वितरण गरेको हो । जसमा ५, १०, २०, ५०, १०० दरका नोट समावेश छ । राष्ट्र बैंकले १० अर्ब रुपैयाँको नयाँ नोट बजारमा पठाउने बताएको छ ।