काठमाडौं – राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्न ढिलाइ गरेकोमा नेविसंघले विरोध जनाएको छ । विधेयक प्रमाणीकरणमा ढिलाइ गरेको भन्दै आज त्रिचन्द्र कलेजमा नेविसंघले राष्ट्रपतिको पुत्ला दहन गरेको हो ।

पुत्ला दहनमा प्रहरी हस्तक्षेप हुँदा स्थिति ढुङ्गा हानाहान भएको छ । विद्यार्थीहरुले क्याम्पस प्राङ्गणबाट सडकमा रहेका प्रहरीमाथि ढुङ्गा प्रहार गरेका थिए । विद्यार्थीहरुले प्रहार गरेको ढुङ्गा टिपेर प्रहरीलेसमेत जवाफ फर्काएका थिए ।

संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि नागरिकता विधेयक राष्ट्रपतिसमक्ष पुगेको छ । नागरिकता विधेयक तत्काल प्रमाणीकरण हुनुपर्ने नेविसङ्घको माग रहेको छ ।