काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले नर्भिक अस्पतालमा उपचाररत मित नरबहादुर बलायरको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । आइतबार थापाथलीस्थित नर्भिक अस्पताल पुगेर उहाँले बलायरको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको हो ।


माध्यमिक शिक्षा सँगै अध्ययन गर्नुभएका देउवा र बलायरले उच्च अध्ययनका लागि काठमाडौं आएर १० वर्ष एउटै कोठामा बिताउनुभएको थियो । बिरामी बलायर पूर्वमन्त्री वीरबहादुर बलायरका जेठो दाजु हुनुहुन्छ ।