फाइल तस्वीर

काठमाडौं – सङ्घीय संसद् अन्तर्गत रहेकोे राष्ट्रियसभा बैठक स्थगित भएको छ । आज आइतबारका लागि तय गरिएको बैठक भदौ २९ गते बुधबार बस्नेगरी स्थगित भएको छ ।

राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलद्वारा हस्ताक्षरित सूचनामा आज हुने भनिएको बैठक बुधबारका लागि सारिएको जानकारी गराउनु भएको छ ।

यसअघि हिजो शनिबारको लागि बोलाइएको प्रतिनिधिसभाको बैठक पनि सूचना टाँस गरेर स्थागित भएको थियो । प्रतिनिधिसभा बैठक पनि बुधबार बिहान ११ बस्ने गरी स्थगित गरिएको थियो । बुधबार प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैको बैठक बस्ने छ ।

पछिल्लो समय निर्वाचन नजिकिएसँगै सांसदहरु गाउँघरमा पुग्ने गरेकोले सदनमा उपस्थित हुने संसद्को सङ्ख्या पनि न्युन हुँदै गएको छ । प्रतिनिधिसभाको आयु अब ६ दिनमा सकिंदै छ ।