गुल्मी – नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीलाई पार्टीले गुल्मी क्षेत्र नम्बर –२ बाट प्रतिनिधिसभा उम्मेदवारका लागि सिफारिस गरेको छ । शनिबार गुल्मीको सदरमुकाम तम्घासमा बसेको सो पार्टीको जिल्ला कमिटी बिस्तारित बैठकले झाँक्रीलाइ उम्मेदवारमा सिफारिस गरेको हो ।

नेकपा एमालेका सचिव गोकर्णराज बिष्ट पनि सोही क्षेत्रबाट सिफारिस हुनुभएको छ । उहाँहरुबीच रोचक टक्कर पर्ने देखिएको छ । उता क्षेत्र नम्बर–१ मा सोही पार्टीका केन्द्रीय सदस्य प्रमेश पोखरेल सिफारिस हुनुभएको छ । झाँक्री गुल्मी–२ बाट गठबन्धनको साझा उमेदवार हुने प्रवल सम्भावना समेत देखिएको छ ।