फाइल तस्वीर

काठमाडौं – सरकारले आगामी सङ्घ र प्रदेशको निर्वाचनका लागि एक लाख १५ हजार म्यादी प्रहरीका लागि भर्ना खुलाएको छ । प्रहरी प्रधान कार्यालयले आज आइतबार भर्नाका लागि विज्ञापन खुलाएको हो ।

नेपाली नागरिकले भदौ ३० गतेदेखि असोज ६ गतेसम्म आवेदन दिन सकिने विज्ञापनमा उल्लेख छ । सार्वजनिक बिदाको दिनसमेत आवेदन दिन सकिने सूचनामा उल्लेख छ । म्यादी प्रहरीको कार्यावधि ४० दिनको हुनेछ । यसअघि, वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा सरकारले १ लाख म्यादी प्रहरी भर्ना गरेको थियो । मतदान स्थल र केन्द्र बढ्ने हुनाले स्थानीय तहको निर्वाचनमा भन्दा म्यादी प्रहरीको संख्या बढाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

तालिम प्रदान गर्न सहज र खर्च व्यवस्थापन कम गर्न पूर्व प्रहरी तथा यसअघि खटिएका म्यादी प्रहरीलाई निर्वाचनमा खटाउने गरी प्रहरी प्रधान कार्यालयले कार्ययोजना तयार पारेको छ । सहज तालिम प्रदान गर्न र खर्च व्यवस्थापन कम हुनाले केही समयअगाडि खटिएका म्यादी प्रहरीलाई प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा खटाउने तयारी गरिएको बताइएको छ ।